काठमाडौं – एक सातामै सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आइतबार सुनको मूल्य तोलामा १७ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।