Mon. Mar 10th, 2025

बेलुका सकुशल सुतेकी बृद्धा बिहान मृत भेटियो

धादिङको सिद्धलेक गाउँपालिका–३ सलाङ झार्लाङदीमा बृद्धा मृत अवस्थामा फेला परेकी छन् । ७९ वर्षीय दुमन्ती मगर आफ्नै घरमा मृत फेला परेको सिद्धलेक गाउँपालिका वडा नं ३ का वडाध्यक्ष देव बहादुर पुलामीले जानकारी दिए ।

राती खाना खाएर सकुसल सुतेको पुलामी बिहान मृत अवस्थामा भेटिएको हो । मृतक दुमन्तीको नाक र मुखबाट रगत बगेको र कानमा लगाएको रिङ हराएकाले घटना शंकास्पद रहेको उवडाअध्यक्ष पुलामीको भनाई छ ।

गरगहनाको लागि हत्या गरिएको हुनसक्ने तर्फ अनुसन्धान केन्द्रीत रहेको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि बिहिबार धादिङ अस्पताल ल्याइएको छ ।

About The Author

अन्य समाचारहरु: