Tue. Nov 26th, 2024

मेटमणिलाई पार्टीबाट निकाल्न झलनाथको माग

नेकपा एकीकृत समाजवादीका ‘सम्मानित नेता’ झलनाथ खनालले नेपाली भूभाग- कालापानी, लिम्पियाधुरा र लिपुलेक भारतको हो भन्ने अभिव्यक्ति कुनै हालतमा क्षम्य नहुने बताउँदै उपमहासचिव मेटमणि चौधरीलाई पार्टीबाट निष्कासन गर्न नेतृत्वपंक्तिसँग माग गरेका छन्।

प्रतिनिधि सभा सदस्यसमेत रहेका चौधरीले गत भदौ २५ गते प्राइम टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी’मा भारतले गरेको दाबी पुग्ने र यी भूमि उसैको भएको आशयको अभिव्यक्ति दिएका थिए।

यस विषयमा उनीसँग पार्टीले स्पष्टीकरण पनि लिइसकेको छ। तर पार्टीलाई बुझाएको लिखित स्पष्टीकरणमा उपमहासचिव चौधरीले आफूले त्यस्तो नबोलेको जिकिर गरेका छन् भने एकीकृत समाजवादीले ‘जिब्रो चिप्लिएको’ भनी उनलाई थप कारबाही नगर्ने तयारी गरिरहेको समाचार सार्वजनिक भएको छ।

यसैबीच पूर्वप्रधानमन्त्रीसमेत रहेका एकीकृत समाजवादीका सम्मानित नेता खनालले भने लामो वक्तव्य जारी गर्दै उनलाई पार्टीबाटै निकाल्नुपर्ने माग नेतृत्वसँग गरेका हुन्।

About The Author

अन्य समाचारहरु: