Thu. Feb 27th, 2025

सहकारी क्षेत्रमा सबै ‘फेक’ : ऋणी, लेखापरीक्षण प्रतिवेदन, सम्बन्धविच्छेद सबै नक्कली 

काठमाडौं – सहकारीको रकम अपचलनसम्बन्धी संसदीय विशेष समितिले प्रतिनिधिसभामा प्रतिवेदन बुझाएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा समितिका संयोजक सूर्य थापाले समितिको अन्तिम प्रतिवेदन प्रस्तुत गरेका हुन् ।

प्रतिवेदन बुझाउँदै सभापति थापाले सहकारी क्षेत्र पूरै नक्कली ‘फेक’ आधारमा चलिरहेको बताएका छन् । सेयरदेखि बचतसम्म, सञ्चालकका सम्बन्धदेखि ऋणीसम्म ‘फेक’ रहेको बताए ।

‘सभामुख महोदय सहकारी क्षेत्रमा अंशवण्डा फेक छन्, विवाह फेक छन्, सम्बन्धविच्छेद फेक छन्, पुर्नविवाह फरक छन्,’ प्रतिवेदन बुझाउँदै उनले भने, ‘साधारणसभा फेक छन्, सबैभन्दा डरलाग्दो त ऋणी र लेखापरीक्षण प्रतिवेदन पनि फेक छन् ।’

उनले छानबिन गर्दा सहकारी क्षेत्र नक्कली आधारमा चलिरहेको उल्लेख गरे । त्यही कारण सरकारले अवलम्बन गरेको अर्थतन्त्रका तीन पिलरमध्ये सहकारी ढल्न लागेको बताए ।उनले भने, ‘तीनवटा पिलरमध्ये सहकारी क्षेत्र सबैभन्दा कमजोर बाँसको पिलरका रूपमा रहेको छ । निजी क्षेत्र फलामको पिलर, सार्वजनिक क्षेत्र काठको पिलर र सहकारी क्षेत्र बाँसको कमजोर पिलर भएको छ, जताको पिलर कमजोर हुन्छ भार त्यतै जाने हुँदा थप कमजोर हुने समस्या छ ।

उनले सहकारीको स्वनियमको मान्यतामा पुनर्विचार गरी नियमनतर्फ जानु आवश्यक देखिएको सुझाव पेस गरे ।

About The Author

अन्य समाचारहरु: