काठमाडौं – वाणिज्य बैंकहरूले असोज महिनाका लागि ब्याजदर घटाएका दिन पनि सेयर बजारमा उच्च गिरावट आएको छ ।
बैंकहरूले सोमबार सार्वजनिक गरेको निक्षेपको ब्याजदरअनुसार अधिकांशले घटाएका छन् । त्यस्तै सोमबार बजारको परिसूचक नेप्से भने ५७।०३ अंक घटेर २५८० अंकमा कायम भएको छ ।
आज ७ अर्ब ३६ करोडको कारोबार भएको छ । आज २२७ कम्पनीको सेयर मूल्य घटेको छ । १४ कम्पनीको मूल्य बढेको छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज आत्मनिर्भर लघुवित्त, हिमालयन हाइड्रो पावर लिमिटेड र जउत्थान सामुदायिक लघुवित्तको सेयर मूल्य १० प्रतिशत हाराहारीमा बढेको छ ।