Mon. Mar 10th, 2025

धादिङका दश प्रतिशत महिला पत्रकारको मात्र नियुक्तिपत्र

sanday club dhading 1
धादिङ  – धादिङका विभिन्न सञ्चार माध्यममा कार्यरत दश प्रतिशत महिला पत्रकारहरुले मात्र नियुक्ति पत्र लिएर काम गर्ने गरेको भेटिएको छ ।

सन्डे क्लब अन्र्तगत आइतबार धादिङबेसीमा सञ्चार माध्यममा महिला पत्रकारहरुको अवस्था विषयक अन्र्तक्रिया कार्यक्रममा सहभागीहरुले नियुक्तिपत्र विना नै काम गर्ने गरेको भेटिएको छ ।

आफूहरुले पटक पटक नियुक्ति पत्रको माग गरेको भएतापनि त्यसलाई वेवास्ता गर्ने गरेको महिला पत्रकारहरुको गुनासो गरेका छन् । नियुक्ति पत्र दिएकाहरुले पनि समयमा नै पारीश्रमिक नपाउने गरेको उनीहरुले बताएका छन् ।

sanday club dhading 2

सहभागी महिला पत्रकारहरुले सञ्चार माध्यमहरु महिला मैत्री नभएको पनि बताएका छन् । समाचार लेख्ने, सम्पादन गर्ने, रिपोर्टिङमा हिड्ने लगायतका कुराहरुमा महिला भएकै कारण पछि पारिएको बताएका छन् । क्षमता भएपनि नभएको भन्दै विभिन्न अवसरबाट पछि हटाउने गरेको पनि उनीहरुले बताएका छन् ।

क्रियाशिल पत्रकार महिला जिल्ला शाखा धादिङका अध्यक्ष गायत्री खतिवडाले यस्ता समस्याहरुलाई चाँडै नै सम्बन्धित सञ्चार माध्यमा पु¥याउने बताइन् । उनले महिला पत्रकारहरु संख्यात्मक रुपमा बढे तापनि गुणात्मक रुपमा बृद्धि हुन नसक्नु नै महिला पत्रकारहको मुख्य समया भएको बताइन् ।

अहिले धादिङमा १ वटा दैनिक पत्रिका, ५ वटा रेडियो, १ वटा टेलिभिजन, विभिन्न अनलाइन पत्रिका तथा मासिक पत्रिकाहरु पनि रहेका छन् । । त्यसमा करीब ३० भन्दा बढी महिला पत्रकारहरु कार्यरत छन् ।

About The Author

अन्य समाचारहरु: