Thu. Jan 2nd, 2025

वीर अस्पतालमा जलनको उपचार पुनः सुरू

काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स० वीर अस्पतालले शुक्रबारबाट जलनका बिरामीलाई सेवा दिन थालेको छ ।

२०७२ वैशाखको भूकम्पपछि बन्द रहेको बर्न वार्डमा जलनका सामान्य बिरामीलाई उपचार गर्न अन्य अस्पतालमा रेफर गर्नुपर्ने बाध्यता थियो । अस्पतालका निर्देशक डा। सन्तोष पौडेलका अनुसार आजबाट ‘जलन उपचार केन्द्र’ बाट सुरु गरिएको छ । जसमा १० जनरल बेड, ५ आइसियू र तीन वटा अप्रेशन थिएटर रहेका छन् ।

नेपालमा जलनको उपचारको सुरूवात वरिष्ठ प्लाष्टिक सर्जन डा। केशवदास जोशीले २०४३ सालदेखि वीर अस्पतालमा सुरू गरेका थिए ।

हाल नेपालमा सबैभन्दा बढी सेवा दिइरहेको कीर्तिपुर अस्पतालमा शरीरको बाहिरी भाग जलेकामा ३० प्रतिशत र श्वासनली जलेकोमा ६० प्रतिशतभन्दा बढी मृत्युदर छ ।अस्पताल बसाई लामो र जलनको बिरामीको स्वास्थ्य अवस्था जटिल हुने भएकाले उपचार खर्चिलो हुन्छ । एक अध्ययनअनुसार जलेका बिरामीको ६० प्रतिशतभन्दा बढी पैसा औषधि किन्दा सकिन्छ ।सरकारले जलनका बिरामीलाई उपचारमा सहुलियत दिने गरेको छैन । डा। पौडेलका अनुसार शुक्रबार जलन उपचार केन्द्र उद्‌घाटन गर्दै स्वास्थ्यमन्त्री प्रदीप पौडेलले जलनका बिरामीलाई १ लाख सहुलियत दिने आश्वासन दिएका छन् ।

‘सरकारले ८ वटा कडा रोग लागेका बिरामीलाई एक लाख सहुलियत दिँदै आएको छ । जसमा जलनका बिरामीलाई समावेश गर्दै नीतिगत निर्णय गरेको जानकारी दिनुभएको छ,’ डा। पौडेलले भने, ‘यसो हुँदा गम्भीर जलन भएका बिरामीलाई निःशुल्लक उपचार गर्न सकिन्छ कि ।’

About The Author