Mon. Mar 10th, 2025

लेदोले नौबिसे नागढुंगा सडक अवरुद्घ, खुलाउन पाँच घण्टा भन्दा बाढी लाग्ने

धादिङ
सडक माथीबाट खसेको लेदो माटोले नौबिसे नागढुंगा सडक खण्ड अवरुद्ध बनेको छ । धादिङको धुनिबेसी नगरपालिका-९ सुरुङमार्ग नजिक सडक माथीबाट खसेको लेदो माटोले सडक दुईतर्फी अवरुद्ध बनेको हो ।

लुम्बिनी प्रदेश ०१००१ ज ०००५ नम्बरको स्कार्पियो जिम लेदोमा फसेको जिल्ला प्रहरी कार्यालय गजुरी धादिङका प्रहरी निरीक्षक रबिन्द्र कुमार श्रेष्ठले जानकारी दिए । निरन्तरको वर्षातसंगैको लेदोले सडक अवरुद्ध हुँदा सवारीको जाम लागेको छ । काठमाडौबाट पुर्व पश्चिमका जिल्लातर्फ छुटेको यात्रु बस सहित साना ठुला सबै सवारी सडकमै रोकिएका छन् ।

राजमार्गमा ठुलो मात्रामा लेदो थुप्रो लागेकोले खुलाउन पाँच घन्टा भन्दा बढी समय लाग्ने श्रेष्ठले जानकारी दिए ।

About The Author

अन्य समाचारहरु: