Wed. Jan 15th, 2025

कोरोना बीमाको भुक्तानी माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं -सरकारले कोरोना बीमाबापतको रकम नदिएको भन्दै बिमा कम्पनीहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । कोरोना बीमाको भुक्तानी माग्दै आइतबार १४ वटै निर्जीवन कम्पनीका तर्फबाट नेपाल बिमक संघले रिट दायर गरेको हो ।

संघका महासचिव अशोककुमार खड्काले सरकारले कोरोना बीमाबापतको करिब ११ अर्ब रुपैयाँ दिन बाँकी रहेको र उक्त रकम भुक्तानीको माग गर्दै रिट हालिएको जानकारी दिए ।

आज दायर रिटको सुनुवाइका लागि भोलि (सोमबार)पेशी तोकिएको छ । मुद्दाको छिनोफानोसँगै कोरोना बिमा भुक्तानीको विषय टुंगो लाग्नेछ ।

About The Author