
सुर्खेत– जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा खसेको पहिरोमा परेर वडा सदस्यसहित २ जना बेपत्ता भएका छन् । बारेकोट गाउँपालिका–६ की वडा सदस्य प्रेमकुमारी र उनका श्रीमान् मानबहादुर चलाउने पहिरोमा पुरिएका हुन् ।
उनीहरूको उद्धार प्रयास भइरहेको तर सफल नभएको सोही वडाका अध्यक्ष डम्बरबहादुर महताराले जनाएका छन् ।
चलाउनेकी ११ वर्षीया छोरी सम्झनाको भने घाइते अवस्थामा उद्धार गरी लिम्सास्थित अस्पताल पुर्याइएको वडाध्यक्ष महताराले जानकारी दिए ।