Wed. Mar 12th, 2025

क्यान्सर पीडित धादिङकी हेमन्त थापालाई बेलायतबाट सहयोग

hemantakumari_thapa

धादिङ – क्यान्सरबाट पीडित बनेकी धादिङकी हेमन्त थापालाई नेपाल विद्यार्थी संघ बेलायतले उपचारका लागि आर्थिक सहयोग गरेको छ ।

नेविसंघ युकेका कार्यवहाक अध्यक्ष कुश बस्नेतको नेतृत्वमा बेलायतमा संकलित २ लाख २७ हजार रुपैयाँ रक्त क्यान्सरबाट पीडित धादिङ निलकण्ड९८ की १६ वर्षीया हेमन्तकुमारी थापालाई हस्तान्तरण गरिएको छ ।

काठमाडौँको नयाँ बानेश्वरस्थित सिभिल हस्पिटलमा उपचाररत थापालाई शुक्रबार कांग्रेसका केन्द्रीय सदस्य शशांक कोइरालाले अस्पतालमै पुगेर सो सहयोग हस्तान्तरण गरेका हुन् ।

नेबिसंघ नेतृ थपलियाले रक्त क्यान्सर पीडित थापालाई आर्थिक सहयोग गर्न नेविसंघ बेलायतलाई अपिल गरेपछि नेविसंघ युकेका कार्यवहाक अध्यक्ष कुश बस्नेत, संस्थापक अध्यक्ष तथा हालका प्रमुख संरक्षक कुशल घिमिरे, उपाध्यक्षहरु राजन खकुरेल र रेशम बस्यालको सक्रियतामा युकेमा रहेका नेपालीसँग संकलन गरेर थापाको उपचारका लागि पठाएका थिए ।
यस अघिको समाचार

क्यान्सर पीडित धादिङकी हेमन्त कुमारी थापालाई सहयोगका लागि अपिल 

About The Author

अन्य समाचारहरु: