Mon. Mar 10th, 2025

हाडनाता बलात्कार कसुरमा बालकलाई १२ वर्ष ८ महिना कैद

सांकेतिक तस्बिर

धादिङ । १५ वर्षीया बालिका बलात्कार गरेको कसुरमा १७ वर्षीय बालकलाई १२ वर्ष ८ महिना कैद सजायाँ गर्ने फैसला भएको छ ।

जिल्ला न्यायधिस गोपाल प्रसाद वास्तोलको इजलासले शुक्रबार कसुरदार १८ वर्ष मुनिको बालक भएकोले १२ वर्ष ८ महिना कैद र चार लाख ७३ हजार एक रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको हो ।

कसुरदारले तिर्ने जरिवानाको रकम क्षतिपूर्ति रकम पीडितलाई भराउन समेत आदेश भएको धादिङ जिल्ला अदालतका तहसिलदार तथा सूचना अधिकारी ध्रुब सुवेदीले जानकारी दिए ।

जिल्ला अदालतले गरेको फैसलामा कसुरदारले मुद्दा फैसला भएको ३ महिनाभित्र जरिवाना रकम दाखिला गरेमा कसुरदार बालकले पाउने सुबिधा अन्तरगत १० वर्ष ८ महिना कैद छुट भइ २ वर्ष मात्र कैद बस्न पाउने फैसलामा उल्लेख छ ।

कसुरदारले आगामी ५ वर्षभित्र कुनैपनि फौजदारी अभियोग प्रमाणित हुने किसिमको कसुर नगर्ने प्रतिवद्धता सहित हदालतमा प्रतिवद्धता जनाएमा कैद छुटको सुबिधा लिन पाउने छ । अदालतमा गरेको लिखित प्रतिवद्धता तोडेमा पुरै समय सयायाँ हुने छ ।

बालिका मात्र भएको मौका पारी २०८१ असार २१ गते बालिकामाथी बालात्कार गरेकोमा पीडित पक्षको सोही दिनको उजुरीको आधारमा कसुरदारलाई असार २२ गते गिरफ्तार गरिएको थियो । जिल्ला प्रहरी कार्यालयमा असार २१ गते दर्ता भएको मुद्दा जिल्ला अदालतमा साउन ७ गते दर्ता भइ साउन ८ गते कसुरदारलाई पुरपक्षका लागि बाल सुधारगृह भक्तपुरमा राखिएको थियो । पीडितको असार २२ गते धादिङ अस्पतालमा स्वास्थय परिक्षण भएको थियो ।

About The Author

अन्य समाचारहरु: