Tue. Mar 11th, 2025

धादिङको गजुरीबाट २१ किलो गाँजासहित दुई जना पक्राउ

धादिङ– धादिङको गजुरी गाउँपालिका–१ गजुरी बजारबाट गाँजासहित दुई जना पक्राउ गरेका छन् ।

गजुरी गाउँपालिका–८ पाखुरेका ४३ वर्षीय भक्तबहादुर तामाङ र २७ वर्षीय रमेश तामाङलाई २१ किलो गाँजासहित प्रहरीले पक्राउ गरेको हो ।

विशेष सुराकीको आधारमा मंगलबार मध्येरातमा बुटवलतर्फ जान लागेको गाडीबाट उनिहरुलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

पक्राउ परेका दुबै जनालाई जिल्ला अदालत धादिङबाट सात दिन म्याद लिई थप अनुसन्धान भईरहेको पाण्डेले जानकारी दिए ।

About The Author

अन्य समाचारहरु: