
धादिङ-लगातारको वर्षातसंगै खसेको पहिरोले पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-६ बेल्खुमा सडक अवरुद्ध बनेको छ।
सडक माथिबाट लेदो सहितको पहिरो झर्दा राजमार्गमा दुईतर्फी सवारी आवागमन बन्द भएको हो। पहिरो पन्छाउन केही समय लाग्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक रबिन्द्र कुमार श्रेष्ठले जानकारी दिए । पहिरोको कारण काठमाडौं प्रवेश गर्ने र बाहिरिने सयौं सवारी रोकिएका छन्।
निर्माणाधीन सडकमा बेलाबेला पहिरो झरेर बाटो अवरुद्ध हुने गरेको छ । लगातार वर्षा भएका कारण पहिरो पन्छाउन समस्या भएको र पहिरो पन्छाउने काम सुरु गरेको ट्राफिक प्रहरीले जनाएको छ।