Tue. Mar 11th, 2025

अन्तरीक्षमा फसेका दुई जना यात्री आउँदो फेब्रुअरीमा मात्रै पृथ्वीमा फर्किने

दुई महिनाभन्दा लामो समयदेखि अन्तरिक्षमा फसेका नासाका दुई जना अन्तरिक्ष यात्री आउँदो वर्षको फेब्रुअरीमा मात्रै पृथ्वीमा फर्किने भएका छन् । नासा र विश्वकै धनि व्यक्ति एलन मस्कको कम्पनी स्पेशएक्सले गएराति पत्रकार सम्मेलन गरेर अन्तरिक्ष यात्री सुनिता विलियम्स र बेरी विल्मोर अब फेब्रुअरीमा मात्रै पृथ्वीमा फर्किने जनाएको छ ।

नासाले बोइङ कम्पनीको स्टारलाइनर यानमार्फत सुनिता र बेरीलाई गएको जुन ५ तारिखमा अन्तरिक्षमा पठाएको थियो, उनीहरुलाई त्यही यानमार्फत आठ दिनमै पृथ्वीमा फर्काउने योजना भए पनि उपकरणमा खराबी आएपछि उतै रोकिएका छन् । अझै उनीहरु अझै ६ महिना अन्तरीक्षमै बस्नुपर्ने भएको छ । अमेरिकी अन्तरीक्ष एजेन्सी नासाले आफ्ना अन्तरिक्ष यात्रीलाई अन्तरीक्षमा लैजान र ल्याउनको लागि बोइङ र स्पेसएक्स कम्पनीलाई अर्बौं डलरको ठेक्का दिएको छ ।

त्यही ठेक्काअन्तर्गत सुनिता र बेरीलाई बोइङले अन्तरीक्षमा पठाएकोमा यानमा खराबी आएकाले उनीहरु उतै रोकिएका हुन् । उनीहरु अहिले नासाकै अन्तरीक्ष यानमा अरू वैज्ञानिकसँग बसिरहेका र पृथ्वीबाट खाना र अन्य सामग्री पठाइएको नासाले जनाएको छ । यसमा रुसी अन्तरीक्ष एजेन्सीले पनि सहयोग गरिरहेको छ ।

स्पेसएक्सले अहिलेसम्म नासाका लागि नौ वटा चालक दलका उडान अन्तरिक्षमा पठाएको छ, साथै केही व्यावसायिक मिशन पनि पठाएको छ । तर बोइङको चालक दलको मिशन भने पहिलो प्रयास थियो ।

About The Author

अन्य समाचारहरु: