Tue. Mar 11th, 2025

कांग्रेस सभापति देउवाको धनगढी निवासअगाडि शंकास्पद वस्तु फेला

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धनगढी निवास अगाडि शंकास्पद वस्तु फेला परेको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका–४ कर्मचारी सञ्चय कोष नजिकै रहेको देउवानिवास अगाडि शनिबार राति शंकास्पद वस्तु फेला परेको थियो । शंकास्पद वस्तु फेला परेपछि प्रहरीले रातिदेखि नै सुरक्षा दिएको थियो ।

कैलालीका प्रमुख प्रहरी नायव उपरीक्षक एवम्र प्रवक्ता कविन्द्र बोहराका अनुसार नेपाली सेनाको टोलीले डिस्पोज गरिसकेको छ ।

About The Author

अन्य समाचारहरु: