
काठमाडौं -तीज नजिकिएसँगै सामाजिक संजालमा एउटा भनाइ चर्चामा हुन्छ( ‘जबसम्म विष्णु माझीको गीत आउँदैन तबसम्म तीज लागेको महसुस हुँदैन ।’
लामो समयदेखि आफूलाई सार्वजनिक जीवनबाट लुकाउँदै आएकी गायिका माझीको गीत सुन्न प्रशंसक तीजमा अधैर्य हुन्छन् । आफ्ना गीतमा महिलाको वेदना र पीडा दर्शाउने उनका गीत धेरैजना माझ चर्चित पनि छन् ।
यो तीजमा पनि माझीले नयाँ गीत ल्याएकी छन् । ‘आइन आमा यो तीजमा’ बोलको तीज गीत शनिबार युट्युवमा सार्वजनिक भएको छ । यो गीतलाई उनको ‘पुतलीको भट्टी भाग २०’को श्रृंखलाको रुपमा चिनाइएको छ ।