Wed. Feb 26th, 2025

लुम्बिनी प्रदेशका सबै जिल्लामा पर्यटन कार्यालय स्थापना गर्ने

दाङ – लुम्बिनी प्रदेश सरकारले प्रदेशका १२ वटै जिल्लामा पर्यटन कार्यालय स्थापना गर्ने भएको छ । मन्त्रिपरिषद् बैठकले प्रदेशका १२ वटै जिल्लामा रहेका घरेलु तथा साना उद्योग कार्यालयमा पर्यटन कार्यालयसमेत रहने निर्णय गरेको हो ।

साथै पर्यटन डिभिजन कार्यालय रुपन्देही र पर्यटन डिभिजन कार्यालय बाँकेलाई खारेज गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ । अहिलेसम्म यी दुई डिभिजनलाई प्रदेशको पर्यटन क्षेत्रको अधिकार थियो ।

उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेले यो प्रस्ताव मन्त्रिपरिषद् बैठकमा पेश गरेका थिए । पर्यटन कार्यालय प्रदेशका सबै जिल्लामा स्थापना गर्दा सहज हुने भएकाले आफूले मन्त्रिपरिषद्मा सिफारिश गरेको मन्त्री न्यौपानेले जानकारी दिए ।

About The Author

अन्य समाचारहरु: