Wed. Mar 19th, 2025

आज कृष्ण जन्माष्टमी मनाइदै

krishna

१९ भदौ, धादिङ – आज भाद्र कृष्ण अष्टमी । भगवान् श्रीकृष्णको जन्म दिन अर्थात कृष्ण जन्माष्टमी पर्व नेपाल अधिराज्यभर हिन्दु धर्मालम्बीहरूले भगवान् श्री कृष्णको पूजाआजा गरी मनाइरहेका छन् ।

कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ । धार्मिक ग्रन्थहरुमा दानव र आसूरी प्रवृतिको नास गरी मानव जातिको रक्षा गर्न विष्णुको आठौं अवतारको रुपमा मथुराको बन्दीगृहमा कृष्णको जन्म भएको उल्लेख छ । जन्माष्टमीका दिन अधिराज्यका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजा९आराधना, प्रवचन, भजन९कीर्तन गर्नुका साथै विशेषगरी महिलाहरू ब्रत बसी रातभर जाग्राम बस्ने चलन छ ।

आजको दिन धार्मिक प्रवचन, पूजापाठ तथा श्रीकृष्ण्को रथयात्रा गर्ने र झुला झुलाउने पनि गरिन्छ । आज दिनभर भक्तहरु उपवास बसी मध्यरातमा कृष्णको प्रतिमालाई पूजा गरी भजन कृतन गाउने गर्दछन् । कृष्ण भगवानको पूजा विशेषगरी कुमारी केटी तथा महिलाहरुले गर्ने गर्दछन् । कृष्णको आफ्नै मामा कंश जो राजा थियो । उसले गरेका अत्याचारले मानिसहरू आजित भएकाले उसलाई आफ्नै आठौं सन्तानको रूपमा जन्मने भान्जले मार्ने कुरा आकाशवाणी भएपछि कंशले आप्नै बहिनी देवकीलाई सुत्केरी हुने थाहा पाउंदासाथ बन्दी बनाउंथ्यो र जन्मने वित्तिकै पछारेर मार्न लगाउंथ्यो । तर कृष्णलाई भने मार्न सकेन । आफनै बन्दीखानाबाट कृष्णलाई बचाइयो र अन्तै लागियो । पछि कृष्णले नै कंशलाई मारेर जनतालाई मुक्ति दिलाए भन्ने कथा छ । खासगरी महाभारत युद्धमा कृष्णको विशेष भूमिका देखिन्छ ।

कृष्ण अष्टमीका अवसरमा बिहानैदेखि कृष्ण मन्दिरमा भक्तजनहरुको भिडभाड लागेको छ । पूजा आराधना गर्नका लागि उपत्यकालगायत आसपासका ठाउँहरूबाट हजारौं दर्शनार्थीको घुइंचो लागेको छ । धादिङका विभिन्न मन्दिरमा पनि भक्तजनको घुइचो लागेको छ । सदरमुकाम धादिङबेसीको शान्तबजार, मुरलीभन्ज्याङ दलगायतका ठाँउमा रहेको कृष्ण मन्दिर भक्तजनको विहानैदेखि घुइचो लागेको छ ।

About The Author

अन्य समाचारहरु: