Mon. Mar 10th, 2025

मोदीलाई उछिन्दै श्रद्धा कपुर बनिन् इन्स्टाग्राममा धेरै पछ्याइने तेस्रो भारतीय

काठमाडौं । ‘स्त्री’ स्टार श्रद्धा कपुरको लोकप्रियता झनै चुलिंदो छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई उछिन्दै उनी इन्स्टाग्राममा सबैभन्दा धेरै पछ्याइने तेस्रो भारतीय बनेकी छन् । सूचीमा उनी प्रियंका चोपडाको निकट पुगेकी छन् ।

‘स्त्री २’ ब्लकबस्टर भएलगत्तै श्रद्धालाई इन्स्टाग्राममा पछ्याउनेको संख्या ह्वात्तै बढेको हो । श्रद्धालाई इन्स्टाग्राममा ९ करोड १४ लाखभन्दा बढीले पछ्याएका छन् । प्रधानमन्त्री मोदीलाई पछ्याउनेको संख्या ९ करोड १३ लाख छ ।

शीर्ष स्थानमा रहेकी चोपडालाई ९ करोड १८ लाखले पछ्याएका छन् । क्रिकेटर विराट कोहलीलाई २ करोड ७१ लाखले पछ्याएका छन् । त्यसपछि धेरै पछ्याइनेमा आलिया भट्ट, कट्रिना क्याफ, दीपिका पादुकोण र नेहा कक्कर छन् ।

धेरै पछ्याइने भारतीय अभिनेतामा सलमान खान छन्, जसलाई ६ करोड ९३ लाखले पछ्याएका छन् । इन्स्टाग्राममा जे भएपनि भारतीय प्रधानमन्त्री मोदी एक्स (पहिलेको ट्वीटर)मा सबैभन्दा धेरै पछ्याइने विश्व नेता हुन् । उनलाई एक्समा १०१।२ मिलियनले पछ्याएका छन् ।

About The Author

अन्य समाचारहरु: