
काठमाडौं -शिक्षामन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलाई धम्की आएको भन्दै सुरक्षा माग गरेकी छन् । उनले केही दिनयता त्रिभुवन विश्वविद्यालयका पदाधिकारीमाथि टेलिफोनमार्फत धम्की आइरहेको बताएकी छन् ।
मन्त्री भट्टराईले सामाजिक सञ्जालमा लेखेकी छिन, ‘त्रिभुवन विश्वविद्यालयमा केही दिनदेखि पदाधिकारीहरूमाथि हमला गर्न खोज्नु र प्राध्यापकहरूलाई फोन गर्दै धम्की दिने गरेको कारण सिँगो विश्वविद्यालय असुरक्षित बनेको छ ।
त्रिभुवन विश्वविद्यालयमा सुरक्षाका लागि व्यवस्थित प्रबन्ध गर्न म गृहमन्त्रीसँग जोडदार माग गर्दछु ।’ । कुनै आवेगमा आएर लेखेको होइन । मैले ५ दिनदेखि लगातार सम्पर्क र समन्वय गरेको कुरा समेत जानकारी गराउन चाहन्छु ।’