धादिङ । नेकपा एमाले स्थायी कमिटि सदस्य तथा बागमती प्रदेश इन्चार्ज राजन भट्टराइले २०८४ को निर्वाचनमा नेकपा एमालेलाई कसैले हराउन नसक्ने बताएका छन् । भर्खरै मात्र नेकपा एमाले बागमती प्रदेश कमिटि इन्चार्जको जिम्मेवारी सम्हालेका नेता भट्टराईले आन्तरिक एकता सुदृढ बनाएर अघि बढेको एमालेलाई कुनै शक्तिले पनि मिसन ८४ फेल गराउन नसक्ने बताए ।
नेकपा एमाले जिल्ला कमिटि धादिङको चौथो बैठक तथा जिल्ला इन्चार्जको स्वागत तथा विदाई कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले एमाले नेतृत्व सरकारको एक महिनामा आशा जगाउने केही काम सुरु भएको, राष्ट्रिय गौरबका योजना सम्पन्न गर्ने, शुशाससनका पहल गर्ने, विकासमा जनताले अनुभुति गर्न सक्ने कार्यक्रम ल्याउन लागेको जानकारी दिए ।
कार्यक्रमलाई सम्बोधन गर्ने सबै नेताहरुले एकमना एकताका साथ मिसन ०८४ सफल पार्ने जिकिर गरे । जिल्ला अधिवेशनका बेला दुईतिर फर्केका नेताहरु एक भएको र अब एमाले एक ढिक्का भएको बताए ।
विदाईको क्रममा बैठकलाई सम्बोधन गर्दै नेकपा एमाले केन्द्रीय सदस्य तथा निवर्तमान जिल्ला इन्चार्ज धर्मदत्त देबकोटाले एमाले संगठनको रुपमा, कार्यक्रम र बिचारको दृष्टकोणले अब्बल भएकोले पार्टीमा आन्तरिक mएकता सुदृढ गर्न सक्दा कसैले हराउन नसक्ने बताए । नेकपा एमाले केन्द्रीय सदस्य एवं् हाल धादिङ इन्चार्जको जिम्मेवारी सम्हालेका खेम लोहनीले पार्टीका कार्यकर्ताहरुबीच भएको बेमेल र खलबलिएको आन्तरिक द्वन्द्व अब पार्टी सुदृढिकरणका लागि समापन भएको बताए । अब पार्टी एकढिक्का भएको र आत्म समिक्षा गर्दै पार्टी एक भएको बताए ।
नेकपा एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले नवौँ जिल्ला अधिवेशनबाट देखिएका तिक्तताहरुलाई बिर्सदै धादिङमा पार्टी एक छ र एक भएर अघि बढ्ने सन्देश दिएको बताए । धादिङबाट बिदाई भएका जिल्ला इन्चार्ज धर्मदत्त देवकोटा, धादिङ क्षेत्र नम्बर २ का इन्चार्ज केन्द्रीय सदस्य रेशम लामालाई प्रशंसापत्र दिएर विदाइ गरिएको छ भने जिल्लामा आउनुभएका जिल्ला इज्चार्ज खेम लोहनीलाई स्वागत गरिएको थियो ।