Wed. Feb 26th, 2025

गोसाईंकुण्ड मेलाको सम्पूर्ण तयारी पूरा

रसुवा – भोलि जनैपूर्णिमाका दिन रसुवाको गोसाईंकुण्डमा लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । धार्मिक एवम् पर्यटकीय गन्तव्यका रुपमा रहेको गोसाईंकुण्डमा मेलाको तयारी पूरा भएको र यसपाली बिजुली बत्ती पनि बालिएकाले तीर्थालु तथा स्थानीय होटल व्यवसायी उत्साहित भएका छन् ।

तीर्थयात्रीको उपचारका लागि धुञ्चेको शिवमन्दिर चोकमा स्वास्थ्य सहायता कक्ष सञ्चालन गरिएको छ । साथै मिनि गोसाईंकुण्ड, चोलाङपाटी, लौरीविनायक र गोसाईंकुण्डमा स्वास्थ्य शिविर सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिए ।

गोसाईंकुण्ड मेला भर्न आउनेको सुरक्षाका लागि एक सयभन्दा धेरै सुरक्षाकर्मी परिचालन तथा बिरामी यात्रीको उद्धार गर्न उद्धार समूहकोसमेत व्यवस्था गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख केशव भट्टराईले जानकारी दिए ।

तीर्थस्थल गोसाईंकुण्डमा पुग्ने तीर्थालु भक्तजनलाई रातको समयमा उज्यालो पुर्‍याउने उद्देश्यले पहिलो पटक बिजुली बत्ती बालिएको छ । २०३८ सालमा रसुवामा विद्युत् सेवा विस्तार भए पनि गोसाईंकुण्डमा पहिलो पटक अस्ति शुक्रावार विद्युत् लाइन जडान गरिएको हो ।

About The Author

अन्य समाचारहरु: