Tue. Nov 26th, 2024

सदन र सडक संघर्षको विकल्प छैन : प्रचण्ड

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई सुदृढ र एकताबद्ध गर्दै जनतामा जाने अभियानको गृहकार्य गरिएको बताएका छन् ।

रामवृक्ष यादवको स्मृतिमा पार्टी कार्यालय पेरिसडाँडामा आइतबार आयोजित कार्यक्रममा जनताका मुद्दा रक्षाका निम्ति माओवादी केन्द्रले संघर्षको मोर्चालाई सुदृढ गर्ने समेत बताए । “जनताका मुद्दा खोसिने हुन् कि भन्ने आशंका जन्मिएको छ, प्रश्नहरू जन्मिएका छन् । जनताका मुद्दा रक्षा गर्न जनतामा जानुको विकल्प छैन । मैले सदन र सडकबाट संघर्षको विकल्प देखेको छैन,” उनले भने । प्रचण्डले आफू प्रधानमन्त्री हुँदा राम्रो काम गरेपछि आत्तिएर नयाँ गठबन्धन गरेको बताएका छन् ।

About The Author

अन्य समाचारहरु: