Tue. Mar 11th, 2025

खुम्बुमा हिमपोखरी फुटेर बाढी आएको पुष्टि

सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ थामेमा हिमपोखरी फुटेर बाढी आएको पुष्टि भएको छ । रक्षामन्त्री मानवीर राईसहित आज गएको टोलीले उक्त क्षेत्रको निरीक्षणका क्रममा दुईवटा पोखरी फुटेको जनाएको छ ।

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले दुईवटा पोखरी फुटेको र अझै दुईवटा पोखरी उच्च जोखिममा रहेको जानकारी दिइन् ।बाढीका कारण विस्थापित भएका थामेका १४ घरधुरीलाई नगद १५ हजार र तीनवटाका दरले त्रिपाल वितरण गरिएको छ ।

नेपाली सेनाले हेलिकोप्टरमार्फत खाद्यान्न पठाउने कार्य भइरहेको जनाएको छ । विस्थापित १४० जना आफन्तको घर र होटेलमा बसेका छन् । उनीहरूलाई तत्काल खान र बस्न समस्या नभएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताइन् ।

उनका अनुसार बाढीले एकजना बेपत्ता भएका छन् । २० वटा घर र होटेल पूर्णरूपमा क्षति भएको छ । एउटा विद्यालय र होस्टेल तथा एउटा क्लिनिकमा क्षति पुगेको छ ।

About The Author

अन्य समाचारहरु: