Tue. Nov 26th, 2024

तलब खाएर दिन कटाउन होइन, जिम्मेवारी लिएर परिणाममा पुर्याउन सरकारमा आएका हौं: प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरु तलव खान होइन, परिणाम दिन सरकारमा आएको बताउनु भएको छ ।

गत आर्थिक वर्षमा सञ्चालित कार्यक्रमको समीक्षा र चालु आर्थिक वर्षमा सञ्चालन हुने योजना र पूर्वतयारीबारे छलफल भएको जानकारी दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले लेखेका छन् , ‘यसपाली प्रधानमन्त्री /मन्त्री /मुख्यमन्त्री जस्ता पदसँग जोडेर कार्यक्रमहरु बन्ने छैनन ।’ प्रधानमन्त्री काम गर्दै जाँदा आफूहरुमा केही अनुभव थपिएको पनि बताएका छन् ।

प्रधानमन्त्री लेखेका छन्, ‘हामीले हिजो गत आर्थिक वर्षमा सञ्चालित कार्यक्रमको समीक्षा र चालु आर्थिक वर्षमा सञ्चालन हुने योजना र पूर्वतयारीबारे छलफल गर्यौं । यसपाली प्रधानमन्त्रीरमन्त्रीरमुख्यमन्त्रीजस्ता पदसँग जोडेर कार्यक्रमहरु बन्ने छैनन । काम गर्दै जाँदा हामीमा केही अनुभव थपिएको छ – अब कानुन मात्र दिएर हुँदैन, काम हुनु पर्छ । एक ठाउँ मात्र सुध्रिएर पुग्दैन, सबै ठाउँ सुध्रिनु आवश्यक छ । एउटा ठाउँ वा एउटा पक्ष मात्र बिग्रेर देश बिग्रने होइन, बिग्रेको सबै सुधार हुनु पर्छ । हामी तलब खाएर दिन कटाउन होइन, जिम्मेवारी लिएर परिणाममा पुर्याउन आएका हौं भन्ने बुझौं ।’

About The Author

अन्य समाचारहरु: