Fri. Jan 31st, 2025

सामाजिक सेवाका लागि ५० हजार युवा परिचालन गर्ने तयारी छ : पासाङ शेर्पा

धादिङ । लोकतान्त्रिक आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष पासाङ शेर्पाले राजनीतिमा सक्रिय नभएका र केही गर्छु भन्ने युवाहरुलाई संगठित गरेर नेतृत्व विकास र समाजिक सेवामा सक्रिय गराउने बताएका छन् ।

लोकतान्त्रिक आदिवासी जनजाति महासंघ बागमती प्रदेशले बुधबार धादिङबेसीमा आयोजना गरेको आदिवासी जनजाति भेटघाट कार्यक्रमका यस्तो बताएका हुन् ।

युवाहरु नाराजुलुस, धर्ना, नेपाल बन्द जस्तो कार्यमा लाग्न नहुने भन्दै महासंघका अध्यक्ष शेर्पाले राजनीतिक रुपमा सचेत बनाउँदै नेतृत्व विकास गर्ने, सामाजिक सेवा र विकासमा लाग्न प्रेरित गर्ने, जिवन जिउने कलाबारे उत्प्रेरित गराउने स्पष्ट पारे ।
हरेक जिल्लामा एक सय जना १८ देखि ३५ वर्षका युवा सहभागी भएपछि यस किसिमको तालिम निशुल्क संचालन गर्ने र देशभरका ५० हजार युवालाई एउट विद्युतिय संजाल (वेभ नेटवर्क)  मा आवद्ध गरि सकारात्मक रुपमा विकास र समृद्धिमा लगाउने योजना रहेको शेर्पाले बताए ।

कार्यक्रमलाई लोकतान्त्रिक आदिवासी जनजाति महासंघका केन्द्रीय उपाध्यक्ष मिनाकुमारी गुरुङले इमान्दार भनेर परिचय बनाएका आदिवासी जनजाति पार्टीमा संगठित भएर नेतृत्व लिनु पर्नेमा जोड दिइन् ।

आदिवासी युवाहरुको स्वयंसेवक बनाउने अभियानको सुरुवात गर्न धादिङबेसीमा गरिएको भेटघाट कार्यक्रमको अवसरमा किरण श्रेष्ठको संयोजकत्वमा राजनीतिक दलको कुनैपनि कमिटिमा नबसेका १५ सदस्यीय स्वयंसेवक कार्यदल गठन गरिएको लोकतान्त्रिक आदिवासी जनजाति महासंघ बागमतीका अध्यक्ष बासु श्रेष्ठले जानकारी दिए ।

About The Author

अन्य समाचारहरु: