Mon. Mar 3rd, 2025

प्रचण्ड भन्छन् -‘ओलीजी जे बोल्नुहुन्छ ठ्याक्कै उल्टो बुझ्नुपर्छ ‘

काठमाडौं -नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको बोलीको ठेगान नभएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथिको छलफलमा बोल्दै प्रचण्डले ओलीले जे बोले पनि त्यसको उल्टो बुझ्नुपर्ने बताए।

संविधान संशोधनका नाममा बहुदलीय प्रतिस्पर्धा रोकेर दुईदलीय व्यवस्था गर्न खोजिएको आशंका गर्दै उनले प्रधानमन्त्री ओलीमाथि व्यंग्य गरेका हुन् ।
‘तर प्रधानमन्त्रीजीले यहाँ दुई दलीय होइन बहुदलीय हो भन्नुभयो त्यही नै सावित होस्। तर केदेखि तर्सेको के, केदेखि झस्किन्छ भने झैँ उहाँले ‘हुन्छ’ भन्दा ‘हुन्न’ बुझ्नुपर्ने ‘हुन्न’ भन्दा ‘हुन्छ’ बुझ्नुपर्ने स्थिति भएको हुनाले आशंका त कायम छ तर जे बोल्नुभएको छ सही कायम होस् मेरो शुभकामना छ। ’ प्रचण्डले भने।

About The Author

अन्य समाचारहरु: