काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार ३४.२९ अंकले बढेर २ हजार ९ सय ५७.७५ अंकमा बन्द भएको छ । मंगलबार करिब ८ अंकले घटेको नेप्सेमा बुधबार ३४ अंकभन्दा धेरैले बढेको हो ।
बुधबार कारोबारमा आएकामध्ये १५६ कम्पनीको सेयर मूल्य बढ्दा ७९ वटा कम्पनीको घट्यो, बाँकी ८ कम्पनीको सेयर मूल्य स्थिर रह्यो । उक्त दिन २ लाख ४४ हजार १९ वटा कारोबारबाट ५ करोड १२ लाख ३० हजार ३ सय ४० कित्ता सेयर किनबेच भए ।
ती किनबेचमा २३ अर्ब ४३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि बढेको हो । मंगलबार २१ अर्ब ५१ करोड ५० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।