Mon. Nov 25th, 2024

कैलालीका सामुदायिक विद्यालयले कक्षा ३ सम्मका विद्यार्थीको परीक्षा नलिने

कैलाली – केही सामुदायिक विद्यालयले पूर्ण रूपमा निरन्तर मूल्याङ्कन प्रणाली कार्यान्वयनमा ल्याएका छन् । टीकापुर नगरपालिका र आसपासका पालिकाले यसै वर्षदेखि कक्षा १ देखि ३ मा पूर्ण रूपमा निरन्तर मूल्याङ्कन लागू गरेका हुन् ।

आउँने भदौ ४ गतेदेखि हुने सामुदायिक विद्यालयको प्रथम त्रैमासिक परीक्षाको प्रश्नपत्र निर्माण नगर्ने र निरन्तर मूल्याङ्कनका आधारमा मूल्याङ्कन गरिने शिक्षा अधिकृत नरेश अवस्थीले बताए । साना नानीबाबुको केही समयको परीक्षाले मूल्याङ्कन हुँदैन भनेर निरन्तर मूल्याङ्कन थालेको उनको भनाइ छ ।

जोशीपुर र जानकी गाउँपालिका तथा लम्कीचुहा नगरपालिकाले पनि शैक्षिक सुधार र गुणस्तर वृद्धिमा ध्यान दिएर साना बालबालिकाको मूल्याङ्कनका आधारमा परीक्षा हुने जनाएका छन् । विद्यालयका अनुसार अब कक्षा ४ माथिको मात्र प्रश्नपत्र बनाएर परीक्षा हुन्छ ।

About The Author

अन्य समाचारहरु: