नुवाकोट– आईएमई लाईफ इन्स्योरेन्स नुवाकोट शाखा मार्फत पुष्पराज पाण्डेले आफ्नो श्रीमती अन्जना पाण्डेलाई बैवाहिक जीवन सुरुवातीको उपहार स्वरुप रु. पन्ध्र लाखको बीमा पोलिसी उपहार दिएका छन् ।
श्रीमती अन्जनाले पनि आफ्नो टिकाटालोमा जम्मा भएको रकमबाट आफ्नो श्रीमानलाई पन्ध्र लाखकै बीमा उपहार दिएका हुन् ।
परिवारको सुन्दर भविष्यको लागी आईएमई लाईफ इन्स्योरेन्स कम्पनीले ल्याएको सरल बीमा योजना खरिद गरी उनीहरुले एक अर्कालाई बिवाहको उपहार स्वरूप बिमालेख प्रदान गरेका हुन् । बिवाहमा हुने फजुल खर्चलाई थोरै कटौती गरी सुन्दर भविष्यको लागि बचतको सुरुवात गरिएको पुष्पराजले बताए ।
उत्कृष्ट राईडरका कारण र कम्पनीको प्रोफाईलको अध्ययन गरि अभिकर्ता रोजिना घलेमार्फत सरल बीमालेख खरिद गरिएको उनीहरुको भनाई छ ।