धादिङ-धादिङमा आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन अभियानका लागि जिल्ला स्तरमा समिति गठन गरिएको छ । आज जिल्ला प्रहरी कार्यालय धादिङको आयोजनामा आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन अभियान समिति गठन तथा अन्तरक्रिया कार्यक्रमको अवसरमा अभियानको समिति र कार्यदल गठन गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गौतम केसीको संयोजकत्वमा गठन भएको २१ सदस्यीय आत्म हत्या नयूनिकरण तथा व्यवस्थापन समितिको उपसंयोजकमा जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी तोयानाथ छत्कुली रहेका छन् ।समितिका सदस्यहरुमा जिल्ला अस्पतालका मनोचिकित्सक, जिल्ला आयुर्वेद अस्पतालका रमेश पनेरु, नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटीका दुर्लभ तामाङ, जिल्ला होटल संघका श्यामसिंह ठकुरी, धादिङ उद्योग वाणिज्य संघका विष्णु थपलिया, नेपाल पत्रकार महासंघका राजाराम शर्मा, गैसस महासंघका शालिकराम दुवाडी, महिला मानवअधिकार रक्षक मनोविमर्शकर्ता गायत्री खतिवडा, रोयम नेपालका हरीशरण धिताल, जिल्ला खेलकुद विकास समितिका रमेशमान तुलाधर, सामी परियोजनाका दिनेश दुवाडी, शिक्षा विकास तथा समन्वय इकाइका आनन्द थापा, नेपाल स्काउट, चेम्बर्स अफ कमर्शका कुमार बहादुर बुढाथोकी, लागुऔषध दुव्र्यशनी पुनस्थापना केन्द्र, फोकस नेपालका अञ्जु श्रेष्ठ रहेका छन् ।
समितिको सल्लाहकारमा प्रमुख जिल्ला अधिकारी राजेन्द्र देब पाण्डे र सदस्य सचिव जिल्ला प्रहरी कार्यालयका अधिकृत रहेका छन् । यसैगरी आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन जिल्ला कार्यदल जनस्वास्थ्य कार्यालय धादिङका सूचना अधिकारी तोयानाथ छत्कुलीको संयोजकत्वमा गठन गरिएको छ । जिल्ला कार्यदलको सहसंयोजकमा धादिङ अस्पतालका मनोचिकित्सक, र सदस्यहरुमा जिल्ला आयुरवेद कार्यालयका रमेश पनेरु, नीलकण्ठ नगरपालिका महिला विकाश शाखाका निर्मला केसी, इन्सेक प्रतिनिधि सीताराम अधिकारी, नेरेसोका दुर्लभ तामाङ, नेपाल स्काउट, उद्योग वाणिज्य संघका विष्णु थपलिया, होटल व्यवसायि संघका श्यामसिंह ठकुरी, दलित सेवा संघका श्याम मगराती, चेम्बर्स अफ कमर्शका कुमार बुढाथोकी, गैसस महासंघका शालिकराम दुवाडी, मनापरामर्शकर्ता गायत्री खतिवडा, जिल्ला खेलकुद विकास समितिका रमेशमान तुलाधर, पत्रकानर महासंघका राजाराम शर्मा, सामी परियोजनाका दिनेश दुवाडी, रोयम नेपालका हरीशरण धिताल रहनुभएको छ ।कार्यक्रमको उद्घाटन गर्दै नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङगालेआत्महत्या न्युनिकरण्को लागि यस अभियानले धेरै मद्धत पु¥याउने हुनाले यस अभियानलाई अगाडी बढाउन नगरपालिकाको तर्फबाट सहयोग गर्ने बताएका छन्
महिला मानव अधिकार रक्षक जिल्ला सञ्जाल धादिङका अध्यक्ष गायत्री खतिवडाले पुरुषको आत्महत्या गर्नेको संख्या बढिरहदा महिलाहरुले आत्महत्याको प्रयास गर्ने दर बढ्दो रहेको बताएका छन् ।उनले भने- ‘आत्महत्या गर्ने विविध कारण भएपनि मेरो कोही छैन, केही छैन र मेरो लागि संसार सकियो भन्ने सोचाई व्यक्तिमा आएपछि आत्महत्या गर्ने गरेको छ ।’
प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले आत्म हत्या सम्बन्धी अध्ययन प्रतिवेदनबारे जानकारी दिएका थिए ।
विश्वमा हरेक वर्ष ७ लाख मानिसले आत्महत्या गर्ने गरेको बताउँदै आत्महत्या रोक्न कार्ययोजनाहरु समेत प्रस्तुत गरेका छन् । धादिङ जिल्लामा आर्थिक वर्ष ०७८–७९ मा ९७ जना, ०७९–८० मा १ सय १२ जना र ०८०–८१ मा १ सय २ जनाले आत्महत्या गरेको डिएसपि मिश्रले तथ्यांक प्रस्तुत गर्दै महिला भन्दा बढी पुरुषले आत्महत्या गरेको पाइएको बताउनुभयो ।धादिङ जिल्लामा ०८०–८१ मा नीलकण्ठ नगरपालिकामा १७ जनाले आत्महत्या गरे भने खनियाबास र रुबीभ्यालीमा एक–एक जनाले आत्महत्या गरेको तथ्यांकमा उल्लेख छ ।