
काठमाडौं -कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अनुदानको रासायनिक मल वितरणबारे जानकारी दिन कल सेन्टर स्थापना गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा। हरिबहादुर केसीका अनुसार मल आपूर्ति र वितरणलाई अझ पारदर्शी बनाउने बारेमा सर्वसाधारणलाई जानकारी गराउने व्यवस्था सुरु गरेको हो ।
उनका अनुसार कृषकले मन्त्रालयमा स्थापना गरिएको कल सेन्टरको पैसा नलाग्ने टोल फ्री नम्बर ०१–४२११४७६ मा कार्यालय समयभित्र फोन गरेर नजिकमा रहेको मल विक्रेताको विवरण प्राप्त गर्न सक्ने छन् ।