Wed. Mar 12th, 2025

विद्युत प्राधिकरणको खुद नाफा १३ अर्ब ३१ करोड

काठमाडौँ -नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्षमा १३ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइन विद्युतको महशुल नजोडेर नै प्राधिकरणले उक्त नाफा कमाउन सफल भएको दाबी गरेका छन् ।

शुक्रवार प्राधिकरणमा दोस्रोपटक जिम्मेवारी सम्हालेको तीन वर्षे उपलब्धि सार्वजनिक गर्दै कार्यकारी निर्देशक घिसिङले यस्तो दाबी गरेका हुन् । उनले पछिल्लो समय विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन विद्युतको महशुल जोडेर कागजी रुपमा नाफा देखाएको आरोप सत्य नभएको उनले बताए । उनले विद्युत प्राधिकरणले विगत ८ वर्षमा ३५ अर्बको सञ्चित घाटालाई पूर्ति गरेर ४७ अर्ब सञ्चित नाफामा पुगेको बताए । उनले ४७ अर्बको नाफा डेडिकेटेड र ट्रंक लाइनको बिलले नभएको उनको दाबी छ ।

डेडिकेटेड र ट्रंक लाइन विद्युतको महशुल बिलको केही अंश भए पनि ४७ अर्ब नाफा महालेखा परीक्षकको कार्यालयले गरेको लेखापरीक्षणबाट आएको विवरण रहेको भन्दै उनले महालेखापरीक्षकले गरेको अडिट गलत नभएको बताएका छन्। उनले आर्थिक वर्ष २०७२र७३ मा एकै वर्ष ८ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्शानीमा रहेको प्राधिकरणले त्यसयता भने नाफा कमाउन थालेको घिङिसको भनाइ छ ।

कार्यकारी निर्देशक घिसिङकाअनुसार आर्थिक वर्ष ०७३र७४ मा १ अर्ब ५० करोड रुपैया खुद नाफा कमाउँदै प्राधिरणले शुरु गरेको नाफाको इतिहास गत आर्थिक वर्षमा १३ अर्ब ३१ करोड रुपैयाँ पुगेको हो । यस अवधिमा विद्युतको महशुल ३ पटक गरी करिव २५ प्रतिशत घटाइए पनि नाफामा वृद्धि नै भइरहेको उनको भनाइ छ । प्राधिकरणका करिब ५९ लाख ग्राहकमध्ये करिव २२ लाख ग्राहकलाई न्युनतम शुल्क ३० रुपैयाँ मात्र कायम गरी ऊर्जा निःशुल्क गरिएको उनको भनाई छ ।

About The Author

अन्य समाचारहरु: