Wed. Mar 12th, 2025

सरकारी जग्गा अतिक्रमण: मलेसियामा तीन नेपालीसहित ४८ जना पक्राउ

मलेसियामा डुरियन (कटहर जस्तो एक फल) खेतीको लागि सरकारी जग्गा अतिक्रमण गरेको आरोपमा तीन नेपालीसहित ४८ जना पक्राउ परेका छन् ।उनीहरूलाई पछि धरौटीमा रिहा गरिएको जनाइएको छ ।

मलेसियाको राउब भन्ने स्थानमा पचाङ स्टेट एग्रिकल्चरल डेभलपमेन्ट कर्पोरेसनको जग्गा समेत प्रयोग गरेर सो खेती गरेको जनाइएको छ । पक्राउ पर्नेमा मुसाङ किङ डुरियन प्लान्टेसनका मालिक र कामदार हुन् ।

पाचाङ प्रहरी प्रमुख दातुक सेरी याहाया ओथम्यानका अनुसार पक्राउ पर्नेहरू २० देखि ६७ वर्ष उमेरका छन् । जसमा तीन नेपाली, १२ इन्डोनेसियाली, सात म्यान्मारका र दुई बंगलादेशी भएकोे जनाइएको छ ।

About The Author

अन्य समाचारहरु: