Sun. Mar 9th, 2025

विपद् एवम् पुर्ननिर्माण सम्बन्धी पत्रकारलाई तालिम सुरु

training 1
१५ भदौ, धादिङ – विपत एवम् पुर्ननिर्माण सम्बन्धी पत्रकारहरुका लागि ५ दिने पत्रकारीता तालिम मंगलबारबाट धादिङबेसीमा सुरु भएको छ ।

राष्ट्रिय सञ्चार विकास केन्द्रको आयोजना तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङको संयोजकमा तालिमको आयोजना गरिएको हो ।
विपद्को समयमा तत्काल रिपोटिङ गर्न सघाउ हुने उद्देश्यले सञ्चालन गरिएको तालिममा धादिङको विभिन्न सञ्चार माध्यममा आबद्ध १७ जनाको सहभागीता रहेको छ ।

training 2

तालिमको पहिलो दिन राससका पूर्व महाप्रबन्धक श्रीराम सिहं बस्नेतले समाचार के हो ?, यसका प्रकारहरु, स्रोतका विषयमा सहभागीहरुलाई जानकारी गराइएको थियो । त्यस्तै भूकम्पपटि तत्काल कसरी रिपोर्टिङ गर्ने भन्ने बारेमा पनि सहभागीहरुलाई जानकारी गराइएको थियो ।

कार्यक्रमको मंगलबार एक कार्यक्रमका बीच धादिङका स्थानीय विकास अधिकारी लक्ष्मण विक्रम थापाले उद्घाटन गरिएको छ । नोपल पत्रकार महासंद्ध धादिङका अध्यक्ष नवराज छत्कुलीको अध्यक्षतामा भएको उद्घाटन सत्रको कार्यक्रममा पत्रकार महासंघा धादिङका पूर्व अध्यक्ष सीतारामप्रसाद बर्मा, राष्ट्रिय सञ्चार केन्द्रका कार्यकारी निर्देशक विष्णुप्रसाद शर्मा पराजुली लगायतले कार्यक्रमको सफलताको शुभकामना दिएका थिए ।

About The Author

अन्य समाचारहरु: