Fri. Jan 31st, 2025

अस्ट्रेलियाको राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका लागि धादिङ सहित ५ नेपाली मुलका खेलाडी छनोट

धादिङ-अस्ट्रेलियाको राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका लागि धादिङका पारस सहित पाँच नेपाली मुलका खेलाडी पनि छनोट भएका छन् । गएको हप्तान्तमा भएको न्यू साउद वेल्सको प्रदेशस्तरीय प्रतियोगितामा नेपाली मुलका पाँच खेलाडीले पदकसमेत जितेका हुन् ।

तेक्वान्दोको पुम्सेतर्फ दोस्रो डान प्राप्त गरेका मनोज श्रेष्ठले स्वर्ण जितेका छन् । त्यसैगरी पुरुतर्फकै पारस भण्डारी र शिशिर श्रेष्ठले रजत पदक हाँसिल गरेका छन् । पारस धादिङ ज्वालामुखी ५ का हुन । उनी ३ बर्स अघि अस्ट्रेलिया गएका हुन ।

यी खेलाडीले फरक तौल समूहको पुम्सेमा रजत जितेका छन् । महिलातर्फको खेलमा भने सन्जिला तिमल्सिनाले रजत पदक जितिन् । यसैगरी चन्दू शाहले कांस्य पदक आफ्नो नाम गरेकी छन् । यी सबै खेलाडी परम्परागत व्यक्तिगत पुम्सेमा सहभागी थिए ।
८ सयभन्दा धेरै खेलाडी सहभागी प्रतियोगितामा नेपाली मुलका पाँच खेलाडी पदक जित्न सफल भएका हुन् । अब बृस्बनमा हुने राष्ट्रिय प्रतियोगितामा यी पाँच खेलाडीले प्रतिस्पर्धाको अवसर पाउनेछन् ।

About The Author

अन्य समाचारहरु: