आज राति देशका केही ठाउँमा निकै ठूलो वर्षा हुने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
अहिले देशका धेरै ठाउँमा वर्षा भइरहेको र प्रदेशहरू १, २, बागमती, गण्डकी र ५ का थोरै स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षा तथा यिनै प्रदेशका एक/दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।