१५ भदौ, चितवन – चितवनको देवघाटस्थित नारायणी नदीमा डुबेर एक वृद्धको मृत्यु भएको छ ।
प्रहरीका अनुसार अन्दाजी ६५ र ७० वर्षका देखिने वृद्धको नदीमा डुबेर मृत्यु भएको हो ।
सोमबार नदीले बगाउँदै गरेको देखेपछि स्थानीय युवा सुरज घिमिरेले पौडेर ती वृद्धालाई निकालेको र त्यसको १५ मिनेटपछि पानी निकाल्ने क्रममै उनको मृत्युभएको जानकारी देवघाटका प्रहरी हवल्दार सीताराम पौडेलले घिमिरेले दिए ।
अहिले शव परीक्षणका लागि भरतपुर अस्पतालमा ल्याइएको छ । वृद्धको सनाखत भने हुन सकेको छैन ।
नदी किनारमा रहेका वृद्धा एक्कासि डुब्न पुगेको देखेपछि आफूले पौडेर उद्धार गरिएको सुरज घिमिरेले बताए ।सुरजले यसअघि पनि डुबेका बालबालिकाको उद्धार गर्दै आएको स्थानीयवासीले बताएका छन् । रासस