Tue. Nov 26th, 2024

प्रधानमन्त्री ओलीले दुई वर्ष नपुग्दै देउवालाई सत्ता बुझाउने

प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले नेपाली काँग्रेससँग भएको आलोपालो सहमति अक्षरशः पालना गर्ने प्रतिबद्धता जनाएका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सचिवहरुलाई निर्देशन दिन आयोजित कार्यक्रममा उनले दुई वर्ष पुग्नु एक हप्ता अगाडि राजीनामा दिने बताएका छन् । ‘मेरो नेतृत्वको सरकार २ वर्ष चल्ने हो । २ वर्ष पुग्नुभन्दा एक साताअघि नै मैले राजीनामा गरिसकेको हुन्छु । गर्छ कि गर्दैन भन्ने कुनै द्विविधा हुँदैन ’, ओलीले भने ।

आफू नेतृत्वको सरकार दुई वर्ष ढुक्कले चल्ने बताएका उनले त्यसपछि काँग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने दाबी गरे । र, सचिवहरुलाई भने, ‘सरकार ढल्ने त के ढलपल पनि हुँदैन, ढुक्कले ठीक काम गर्नुस्’

सरकार ‘एक्सन ओरिन्टेड’ रहेको जनाउँदै ओलीले असफल हुने छुट नभएको बताउनुभयो । ‘यो सरकारको काँधमा असाधारण जिम्मेवारी छ, यसलाई असफल हुने छुट छैन र कुनै हालतमा असफल हुन दिइँदैन’, उनले भने , ‘यो एक्सन ओरिन्टेड सरकार हो, देशका लागि केही गर्रौ भन्ने अठोट भएको सरकार हो ।’

About The Author

अन्य समाचारहरु: