Tue. Nov 26th, 2024

२५ लाख विद्याथीको पढाइ अस्तव्यस्त

student

१५ भदौ, काठमाडौं – सीमांकनको विषयमा देशका विभिन्न भागमा निरन्तर भइरहेको बन्दका कारण करिब २५ लाख विद्यार्थीको भविष्य अस्तव्यस्त बन्न पुगेको छ । यो अवस्थामा समेत सरकारले कुनै चासो दिएको पाइएको छैन् ।

पहिचानसँग जोडिएको मुद्दामा शिक्षा मन्त्रीले समेत बन्द रोक्न जोडबल गर्न नसक्दा करिब ३५ जिलाका विद्यालयदेखि विश्वविद्यालय तहसम्मको पढाइ ठप्प भएको  छ ।

शिक्षा मन्त्रालयका उच्च अधिकारीले बन्द रहेका शिक्षा क्षेत्र खुलाउन आग्रह गर्दा प्रधानमन्त्रीसमक्ष आग्रह गर्ने बताएका थिए । तर, कहिले राष्ट्रव्यापी रुपमा आह्वान गरेर विद्यालय खुलाउने भन्ने विषयमा शिक्षा मन्त्री स्वमय् अन्योलमा रहेका छन् ।
मन्त्रालयले अपील जारी गरेर बन्द रहेका विद्यालय खोल्न आग्रह गर्ने तयारी गरेपनि अन्तिम समयमा रोकिएको छ । यो पहिचानसहितको राजनीतिक मुद्दा भएकाले मन्त्रालयले समेत विद्यालय खुला गराउन आग्रह गर्न सकेको छैन् ।
नेपाल समाचारपत्रबाट

About The Author

अन्य समाचारहरु: