Wed. Mar 12th, 2025

गायिका अनु अधिकारीको ‘ज्यान भईसक्यो बैना’ बोलको गीत सार्वजनिक

गायिका अनु अधिकारीको तेस्रो सांगेतिक कोसेली ‘ज्यान भईसक्यो बैना’ बोलको गीत सार्वजनिक भएको छ । पवन कोईरालको शब्द तथा लबोनी प्रमोदको संगीत संयोजन रहेको उक्त गीतमा अनु अधिकारीको स्वर रहेको छ ।

भिडियोमा चर्चित मोडल बिना राउत र सरोज अमगाईको अभिनय देख्न सकिन्छ । पुरुषोत्तम सुवेदीको ऐरेन्ज रहेको उक्त गीतमा प्रकाश मिश्रले मिक्सिङ गर्नुभएको छ ।

भिडियोलाई करण सुनार र युमी बलामीले खिच्नुभएको हो भने करण सुनारको निर्देशन तथा पवन सुस्लीङले सम्पादन गर्नुभएको हो । एक दशदेखि सांगेतिक क्षेत्रमा सक्रिय गायिक अधिकारीको यस अघि ‘तिम्रो मन त सुनको महल’, ‘आउ है कान्छा’ लगायत गीत दर्शक स्रोत माझ चर्चित छ ।

About The Author

अन्य समाचारहरु: