Thu. Mar 13th, 2025

नवलपरासीमा घाँटी रेटेर युवकको हत्या

काठमाडौं– नवलपरासीमा घाँटी रेटेर एक युवाको हत्या भएको छ । नवलपरासीको पाल्हिन्दन गाउँपालिका–५ हर्दीमा अज्ञात समूहले २० वर्षीय रोशनकुमार बढइको घाँटी रेटी हत्या गरेको हो ।

बेलुका खाना खाएर सुतेका रोशनकुमार बिहान हत्या गरिएको अवस्थामा भेटिएका थिए । नवलपरासी प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालका अनुसार परिवारका सअस्यले बिहान उठेर हेर्दा मृत अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरेका थिए ।

त्यसपछि प्रहरी घटनास्थलमा पुगेर आवश्यक मुचुल्का उठाइ शवलाई पृथ्वीचन्द्र अस्पताल पठाएको छ । रोशनको हत्या कसले र किन गर्यो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

About The Author

अन्य समाचारहरु: