श्रीलङ्कासँगको तीन खेलको टी–२० श्रृङ्खला भारतले एक खेल अगाडि जितेको छ । हिजो भएको दोस्रो खेल भारतले डकवर्थ–लुइस–स्टर्न पद्धतिका आधारमा ७ विकेटले जितेको हो ।
वर्षाले प्रभावित खेलमा ८ ओभरमा ७८ रनको लक्ष्य पाएको भारतले ६ ओभर ३ बलमा ३ विकेट गुमाएर जितेको हो । भारतका लागि यशस्वी जैसवालले सर्वाधिक ३० रन बनाए । श्रीलङ्काका लागि महिश थिकसना, वाविन्दु हसरंगा र मथिसा पाथीरानाले समान १ विकेट लिए ।
त्यसअघि श्रीलङ्काको पाल्लिखेलेमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६१ रन बनायो । श्रीलङ्काका लागि कुशल परेराले सर्वाधिक ५४ रन बनाए । भारतका लागि रवि बिष्नोईले ३ विकेट लिए । भारतले पहिलो टी–२० आईमा ४३ रनको जित निकाल्दै सिरिजमा १–० को अग्रता बनाएको छ ।