
काठमाडौं । गण्डकी प्रदेश सरकार र आन्दोलनरत यातायात व्यवसायीहरूबीच सहमति भएको छ । यससँगै व्यवसायीहरूले आन्दोलन फिर्ता लिएका छन् ।
प्रदेश सरकारले राइड सेयरिङलाई वैधता दिने गरी कार्यविधि बनाएपछि यातायात व्यवसायीहरू आन्दोलनमा उत्रिएका थिए । आज आइतबार सार्वजनिक यातायात सेवा नै अवरुद्ध गरेका थिए । दिउँसो भएको वार्तामा व्यवसायीहरूको मागबारे अध्ययन गर्न प्राविधिक समिति गठन गर्ने सहमति भएको छ ।