Mon. Nov 25th, 2024

चितवनमा ६० जना भन्दा बढी डेंगी संक्रमण पुष्टि

चितवन । चितवनमा ६४ जनामा डेंगीको संक्रमण देखिएको छ । ३०४ जनाको परीक्षणका क्रममा उनीहरुमा डेंगी संक्रमण देखिएको हो ।

संक्रमितमध्ये ५१ जना चितवनका हुन् । साउनको ११ गते सम्ममा उनीहरुमा डेंगी संक्रमण देखिएको हो ।जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीका अनुसार यस वर्ष इच्छाकामना गाउँपालिकामा डेंगीको संक्रमण बढेको छ । गाउँपालिकामा हालसम्म ४५ जनामा डेंगीको संक्रमण देखिएको उनले बताए ।

भरतपुर महानगरपालिकामा हालसम्म ६ जनामा डेंगी देखिएको छ । उहाँले भन्नुभयो, “डेंगी संक्रमण इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिकाको बजार क्षेत्रमा बढी छ ।” संक्रमण बढेसँगै संक्रमित क्षेत्रमा सचेतना बढाइएको उनले बताए ।

About The Author

अन्य समाचारहरु: