Sun. Mar 9th, 2025

प्रहरी र प्रदर्शनकारीबीच झडप हुदा वीरगञ्जमा ८ जना घाइते

१४ भदौ, वीरगञ्ज – वीरगञ्जमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र सुरक्षाकर्मीबीच झडप हुदा ८ जना घाइते भएका छन् ।Add New

प्रहरीले स्कर्टिङ्ग गरेर गाडीहरु पास गराउन खोज्दा आन्दोलनकारीले नगवा चोकमा बाटो अवरुद्ध पारेपछि झडप भएको हो । झडपका क्रममा आन्दोलनकारीले ढुंगामुढा गरेपछि प्रहरीले अश्रुग्यासका साथै रवरको गोलीबाट हवाइ फायर गरेको थियो ।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले २० राउण्ड हवाई फायर गरेको छ भने ३० राउण्ड अश्रुग्यास हानेको छ । प्रहरीले चलाएको रबर बुलेटको छर्रा लागेर गहवा १० का कृष्ण पटेल घाइते भएका छन् ।

पटेलको हात र टाउकोमा छर्रा लागेको छ र उजको नारायणी उपक्षेत्रिय अस्पताल वीरगञ्जले जनाएको छ । अन्य छ जनालाई पनि छर्रा लागेको छ । उनीहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

प्रहरीले स्कर्टिङ्ग गरेर गाडीहरु पार गराउन खोजेपछि आइतबार रातिदेखि नै तनाव उत्पन्न भएको थियो । प्रहरीले लाठीचार्ज गर्दा राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रीय सदस्य राजेशमान सिंह लगायत एक दर्जन प्रर्दशनकारी घाइते भएका थिए ।

About The Author

अन्य समाचारहरु: