Sun. Sep 8th, 2024

एमालेले बागमतीमा टुंग्यायो ६ मन्त्रीको नाम

काठमाडौं – नेकपा एमालेले बागमती प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ ।

एमालेले कांग्रेसका बहादुरसिंह लामाको नेतृत्वमा बन्ने सरकारमा प्रकाश श्रेष्ठ, अमन मास्के, प्रेम भक्त महर्जन, किरण थापामगर, कृष्ण सिलवाल र सुकमाया तामाङलाई पठाउने भएको हो ।नाम टुंगो लागेका प्रकाश श्रेष्ठबाहेक सबै नयाँ अनुहार हुन् । प्रकाश यसअघि उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री थिए ।बागमतीमा कांग्रेस–एमाले गठबन्धनबाट लामाले आज नै मुख्यमन्त्रीका लागि दाबी पेस गर्दैछन् ।

निवर्तमान मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले राजीनामा दिएपछि नयाँ सरकार बन्न लागेको हो ।मुख्यमन्त्री र मन्त्रीहरू आजै नियुक्त भए पनि शपथ भने बुधबारका लागि तय गरिएको छ ।

About The Author

अन्य समाचारहरु: