काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्रको ऐना मानिने सेयर बजार हरियो बनेको बताएका छन् ।
आइतबार प्रतिनिधि सभामा विश्वासको मत लिने क्रममा सम्बोधन गर्दै उनले सेयर बजार २७ महिना यताकै उच्च बिन्दुमा पुगेको बताएका हुन् ।
उनले भने, ‘५० लाखभन्दा बढी लगानीकर्ता संलग्न सेयर बजार पछिल्लो २ हप्तामा ४०० अंकले बढेको छ । सेयर बजार २७ महिनायताकै उच्च भएको छ ।’