Thu. Feb 27th, 2025

कागेश्वरी महादेव र कागे अष्टमी मेला

कुमार खड्का-

Kumar Khadka Photo - E&D NP
विश्व सामु नेपाल् बिभिन्न पाकृतीक स्रोत साधनले चर्चित रहेको छ । नेपालमा संसारको सबैभन्दा अग्लो हिमाल छ भन्ने कुन नेपाली लाइ थाहा नहोला ? यसलाइ सामान्य ज्ञान पढ्नु नपर्ला । तर नेपालमै राजधानीबाट विश्वकै सबैभन्दा नजिक रहेको राष्ट्रिय निकुञ्ज पनि छ भन्ने कमलाइ थाहा हुन सक्छ । काठमाडौं जिल्लाको उत्तरी भाग ढाकेको शिवपुरी राष्ट्रिय निकुञ्ज राजधानीबाट विश्वकै सबैभन्दा नजिक रहेको निकुञ्ज हो । यसै राष्ट्रिय निकुञ्ज भित्र बन जंगल, खोलानाला मात्र हैन यहां बिभिन्न धार्मिक स्थल, पर्यटकीय गन्तब्यहरु पनि धेरै रहेका छन् । यसै मध्यै एक काठमाडौं, कागेश्वरी मनहरा नगरपालिका (साबिक गागलफेदी गा.वि स मा रहेको कागेश्वरी महादेवको मन्दिर पनि हो जुन स्थल धार्मिक हिसाबले अत्यन्तै महत्वपुर्ण छ । बास्तबमा यो मन्दिर धार्मिक हिसाबले मात्र नभइ पर्यटकीय र पुरातात्वीक हिसाबले पनि त्यतिकै महत्वपुर्ण छ ।

हालैै काठमाडौं जिल्लालाई गाउं बिकास समिती रहित बनाउने क्रममा काठमाडौं उत्तर पुर्वका ६ वटा गाबिसहरुलाइ कागेश्वरी मनहारा नगरपालिकामा रुपान्तरण गरिएको छ । यसको नामाकरण यसै कागेश्वरी बाट सुरु हुनुले पनि स्थानीय स्तरमा यस मन्दिरको ठुलो महत्व देखिन्छ ।

यमराजका दुत काग (कौवा) बाट त्यस मन्दिरको नाम कागेश्वरी हुन पुगेका हो भन्ने किम्बदन्ति छ । दर्शनार्थिका लागि कागे अष्टमीका दिन मात्र त्यहां राखिने सुनको कागको प्रतिमाले यो भनाईमा बिश्वास बढाएको छ । भगवान महादेव विश्व भ्रमण गर्दै जांदा रसुवाको गोसाईकुण्डबाट हिडीं त्यहाँ पुगी बिश्राम गरेकोले त्यस स्थानमा कागेश्वरी महादेव उत्पन्न भई नामाकरण भएको जन विश्वास रहि आएको छ । त्यसैले जनै पुर्णिमामा रसुवाको गोसाईकुण्ड जाने भक्तजनहरुले त्यहांबाट जल ल्याउने र कागे अष्टमीका दिन कागश्वरी महादेवलाई सो जल चढाएर ब्रत बिर्सजन गर्ने प्रचलन रहि आएको छ । सत्ययुगमा सतिदेवीको अंग पतन भएर यहां एक शिवलिंग उत्पन्न भएको भनाइ स्वस्थानी ब्रतकथामा उल्लेखित छ । त्यस्तै जंगलको बिच भागमा रहेको खोला किनारमा एक गाइले संधै दुध चढाएको देखेर गोठाला खेतालाहरुले देखि जमिन खोतली हेर्दा शिबलिँग भेटिएको भनाइ पनि छ । पार्वती र गणेश मुर्तिले कागेश्वरी महादेवके मन्दिर परिसर थप सेभायमान भनाएके छ ।

कागेश्वरी महादेव

कागेश्वरी महादेवको दर्शनका लागि गयकी एक रानीले त्यहांको दयनीय अवस्था देखि कागश्वरी गुठीको स्थापना गरेको भनाई पनि छ । मन्दिर संरक्षण र दैनिक पुजा पाठका लागि गुठी संस्थानले ब्ववस्थापन गर्ने गरि केही जग्गा समेत राखी कागेश्वरी महादेवक गुठी संचालनमा रहेको छ । गुठीमा परेका किसानले हरेक बर्ष बाली काटे पछि पुजारीलाई क्षेत्रफलका आधारमा कुत बुझाउने चलन छ । कागेश्वरी महादेवको मन्दिर प्राचिन र पुरातात्विक रहेको यस्ता गुठी र प्रमाणहरुले पुष्टि हुंदा हुदै पनि यसको बिकास र संरक्षणमा सरकारी स्तरमा खास सहयोग भएको पाईदैन । त्यहांको भौतिक पुर्वाधार बिकासमा कागेश्वरी गुठीको कुत संकलक गुठी संस्थानले मला संचालनका लागि सामान्य पुजा खर्च दिनु बाहेक केही चासो राखेको पाइदैन ।

स्थानीय युवा र समाजसेवीहरुको सक्रियतामा तिर्थालुुहरुका लागि सहज दर्शनका लागि केही काम नभएका होइनन् तर हाल सम्म मन्दिर संरक्षण र सम्बद्नका लागि दिगो योजना बनाई लागु गर्न सकिएको छैन । बेला बखत केही योजनाहरु छलफलमा आउने तर महावेव खोला सँगै बगेर मनहरा नदिमा मिसिंदै आएका छन् । बल्लबल्ल बनेका केही संरचनाहरुमा पनि उचित रेखदेखको कमि र घुमन्तेहरुको उत्ताउले ब्यवहारले क्षति पुग्न गएको छ ।

यस मन्दिरमा हरेक भाद्र शुक्ल अष्टमीका दिन (महा अष्टमी भन्दा तिथि अनुसार ठिक एक महिना अगाडी) कागे अष्टमी मेला लाग्ने गर्दछ । कागे अष्टमीका दिन देशका बिभिन्न ठाउंबाट हजारौं तिर्थालुहरु दर्शनका लागि पुग्ने गर्दछन् । कागेश्वरी मेलामा हिन्दु तथा बौद्ध धर्माबलम्बीहरु त्यत्तिकै ठुलो संख्यामा जाने गर्दछन् । कागेश्वरी मेलामा ढ्याङ्गग्रे र विविध भेषभुषामा प्रस्तुत हुने झाँकी थप आकर्षणका रुपमा रहन्छन् । यातायातको सुविधा बढ्दै गएकोले अघिल्लो दिन देखि बास बस्दै जानेको संख्या केही कमी आएको पाईन्छ र पनि अघिल्लो दिन देखिनै मन्दिरका पाटी र सत्तलहरु भरिभराउ हुन्छन् । भजन किर्तन र नाचगानले त्यस मन्दिर वरपर रातभर चहलपहल हुन्छ । शिवपुरी राष्ट्रिय निकुञ्जका बिभिन्न खोचहरु छिचोल्दै बेसितिर बग्दै गरेको महादेव खोलाको अति आकर्षक छहरा संगै कागेश्वरी महादेवको मन्दिर टांसीएर रहेको छ । मन्दिरमा पुजा गर्न बस्दा छहराबाट झरेको पानीको चिसो बाफले त्यहां पुग्ने हरेक मन मस्तिष्कमा जिउके थकान एकैछिनमा मेटाइ छुट्टै प्रकारको उमंग पैदा गराइल रहेको हुन्छ । मन्दिरमा पुजा गरि काठमाडौं उपत्काल्ऽाइ नजिकबाट हेर्दा जोकेही पनि आफै हराउन पुग्छ ।

मन्दिरकाे ठुलाे छहरा

मन्दिर सम्मै गाडी नपुगे पनि यातायातको सुविधाल् कागेश्वरी महादेव सम्म पुग्न पहिलाको जस्तो अप्ठ्यारो छैन । बौद्ध, जोरपाटी पुगि सुन्दरीजलबाट वा डांछी हुंदै आलापोट, गागलफेदी पुवांरगाउंबाट पुग्न सकिन्छ । गाडीबाट ओर्लिए पछि पहाडको उचाइमा रहेको मन्दिर सम्म पुग्न लगभग आधा घण्टाको उकालो यात्रा भए पनि त्यस बिचमा देखिने अन्तराष्ट्रिय विमानस्थल, काठमाडौं उपत्यका, मनहरा बागमती नदीको नागवेली रुप जस्ता रमणिय प्राकृतीक दृष्यले यात्रुलाई थकाईको महशुस गर्न दिंदैन । साथै ब्यक्तिगत सवारी साधन हुने भक्तजनहरु महादेव स्थान बाट १० मिनेट मात्र पैदल यात्रा हिडे पुग्ने गरी सजिलैै त्यहाँ पुग्न सकिन्छ । टाढा टाढाबाट आउने भक्तजनहरुलाई मन्दिर छेउमा बस्ने बिश्राम स्थलहरु बिस्तारै बन्दै गएका छन् ।

कागेश्वरी महादेवको बारेका प्रचार प्रसार गरी यसलाइ स्थानीय तहमा नराखी राष्ट्रिय स्तरम कागेश्वरी महादेव र कागे अष्टमी बारे जानकारी दिइ त्यहां धेरै भन्दा धेरै धार्मिक पर्यटक जाने वातावरण बढ्दै गएकोे छ ।  यसका लागि कागेश्वरी मनहरा नगरपालिका, गुठी संस्थान लगायतका सरकारी निकाय र स्थानीय स्वयँ सेवकहरु लागि परेका छन् ।

kumarkhadka2010@gmail.com

९८४१३२८९८९

About The Author

अन्य समाचारहरु: